योगेशले गरे भरतमणिको तारिफ

रियालिटी शो कमेडी च्याम्पियनमा शनिबार साँझ प्रतियोगी भरतमणि पौडेलले प्रस्तुत गरेको पूर्व युवराज पारस शाहको प्रस्तुतिलाई नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले समेत तारिफ गरेका छन् । प्रतियोगिता सकिने बितिकै उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भरतमणिको प्रतिभाले नेपालको सीमा पार गर्ने बताएका हुन् ।

आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ (पाथिभरा)को शिरबाट उदाएका भरतमणि पौडेल एकपछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रव्यापी बनाउन सफल भएका छन्’ उनले थपेका छन् ‘राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ ।’ उनले पोष्टको अन्त्यमा भरतमणि शुभकामना समेत दिएका छन् ।

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author