मुगुकी 22 वर्षीय रामदेवीले गरिन् प्रदेश उपसभापतिमा उम्मेदवारी घोषणा

Today, September 25, 2021

मुगु : नेपाली कांग्रेस मुगु (क) प्रदेशमा २२ वर्षीय युवती रामदेवी खड्काले उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी छन् । सानो उमेर देखिनै कांग्रेस राजनीति लागेकी खड्का नेविसंघ मुगु, मेची महाकाली बुहारी संघ, यूवा सजकताको सचिवसम्मको कार्यभार सम्हालेकी छन् । 

खड्का अहिले नेपाली कांग्रेसको १४औं महाधिवेशन क्षेत्र नम्बर (क) मुगुबाट उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । खड्का राजनितिक क्षेत्रमा पनि उत्तिकै दखल छन् । अहिलेसम्म कांग्रेस भित्र दिएको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेको, आगामी जिम्मेवारी पुरा गर्ने उनले बताइन् । 

"नेपाली काङ्ग्रेसको ९ औं महाधिवेशनमा प्रदेश 'सभा क्षेत्र क क्षेत्रीय उपसभापतिमा मेरो उम्मेदवरि किन, नेपाली काङ्ग्रेस लाई युवा पीडि सम्म लैजान को लागि सम्पुर्ण नेपाली काङ्ग्रेस तर्फबाट र महिलाको तर्फबाट मैले यो अमुल्य समयमा आफ्नो सक्रियता देखाउन पाउदा धेरै,धेरै धन्यवाद दिन चाहान्छु, सम्पुर्ण नेपाली काङ्ग्रेसका कार्यसमिति ज्यु, हरु लाई,र जिल्लामा प्रतिनिधित्व गर्न आउने सम्पुर्ण दाजुभाइ, दिदिबहिनीहरुले आफ्नो अमुल्य भोट् दिएर मलाई सर्वसमतले बिजय गर्नु हुने छ भन्ने ठुलो आसा गरेकी छु । जय नेपाल ।" रामदेवी खड्का ।

यस्तै सभापतिमा यूवा नेता विष्णु कुमार भाम, उपसभापतिमा टुण्डुल लामाले उम्मेद्धारी दिएका छन् । सचिवमा छेवाङ तोर्चे लामा र सहसचिवमा मिण्डिक लामाले उम्मेद्धारी दिएका छन् । उम्मेद्वारी घोषणा गरेपछि युवा नेतृत्वहरुले भोटका लागि प्रचार प्रचार तीव्र राखेका छन् । 

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments
Shambhu - Oct 20, 2021, 9:18 AM - Add Reply

Hello there

You must be logged in to post a comment.

You must be logged in to post a comment.

About Author