पैसा बचत गर्दै हुनुहुन्छ भने यी बैंकले धेरै दिन्छ ब्याज, २७ वाणिज्य बैंकमध्ये कुनको कति ?

असोज महिना शुरु भएपछि बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्र्वजकि गरेका हुन् । बैंकहरुले तरलता अभाव भएपछि ब्याजदर बढाएका छन् । विभिन्न बचत खातामा बैंकहरुले ब्याजदर बढाएका हुन् । यतिबेला बैंकहरुमा तरलता अभाव भएपछि राष्ट्र बैंकले समेत राष्ट्र बैंकले रिपो नै जारी गर्नुपरेको छ ।

 

बजारमा तरलता अधिक अभाव देखिएपछि राष्ट्र बैंकले २ हप्ता समयावधिको २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंकहरुले निक्षेप बढाउनको लागि ब्याजदर बढाएका हुन् ।बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सबैभन्दा धेरै ब्याज एनएमबि बैंकले ६.५२ प्रतिशत दिने छ । त्यस्तै दोस्रोमा नबिल बैंकले ६.२६ प्रतिशत, सिभिल बैंक र सेञ्चुरी बैंकले ६.२५ प्रतिशत ब्याज दिने भएका छन् । यता हिमालयन बैंकले ६.१५ प्रतिशत र मेगा बैंकले ६.०५ प्रतिशत ब्याज दिने भएको छ ।

सबैभन्दा कम ब्याज दिनेमा एसबिआई बैंक रहेको छ । यस बैंकले ३.५५ प्रतिशत ब्याज दिनेछ । यता एनआईसी एशिया बैंक पनि कम ब्याज दिनेमा दोस्रोमा छ ।

कुन बैंकको बचत खातामा कति ब्याज ?१. सिभिल बैंक

सिभिल बैंकले विभिन्न बचत खातामा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।

२. कृषि विकास बैंक

कृषि विकास बैंकले विभिन्न बचत खातामा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

३. राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा न्यूनतम ३.०६ प्रतिशत ब्याज दिनेछ भने अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ ।

४. नेपाल बैंक

नेपाल बैंकले विभिन्न बचत खातामा ३.०५ प्रतिशतदेखि ४.५५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।५. सिटिजन्स बैंक

सिटिजन्स बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा विभिन्न बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

६. नबिल बैंक

नबिल बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२६ प्रतिशत र अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिने भएको हो ।

७. प्रभु बैंकले

प्रभु बैंकले विभिन्न बचत खातामा न्यूनतम ३.२५ प्रतिशत र अधिकतम ५ प्रतिशत ब्याज दिने भएको हो ।

८. प्राइक कमर्सियल बैंकले

प्राइक कमर्सियल बैंकले पनि विभिन्न बचत खातामा ४.७६ प्रतिशतदेखि ५.७६ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।

९. बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले विभिन्न बचत खातामा न्यूनतम ३.७७ प्रतिशतदेखि ५.२७ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको हो ।

१०. एनसीसी बैंक

एनसीसी बैंकले विभिन्न बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिनेछ ।

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments
Dr. Prakash sapkota - Sep 26, 2021, 8:55 PM - Add Reply

.

You must be logged in to post a comment.

You must be logged in to post a comment.

About Author